ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विषालु सर्पले टोक्दा एक युवकको शनिबार मृत्यु भएको छ ।
सर्पको डसाइबाट फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानीको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले दशैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेकोमा जिल्ला अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको जानकारी दिनु भयो ।
हातमा सर्पले डसेपछि शुरुमा घरमै झारफुक र घरेलु औषधि गराएकोमा सर्पको विषले अवस्था जटिल बनेपछि शनिबार बिहान २ बजेतिर अस्पताल लगिएको र अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ ।...
काठमाडौं - काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ । चैत १४ देखी १६ गतेसम्म बुढानिलकण्ठमा सम्मेलन हुनेछ । नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल...
काठमाडौं - कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि...
काठमाडौं - सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा...
नेपालगञ्ज - एक जोडीले आफ्नो विहेको दिन जिवन विमाको पोलिसी एक अर्कालाई उपहार दिएका छन् । ईटली वस्ने वर्दियाका मनोज कुमार चौधरी र स्टाफ नर्स अध्ययन पुरा...