• शनिबार, ८ बैशाख, २०८१
  • ०३:०२:२०
  • नेपालीको अभिमत

खेल

इण्डियन प्रिमियर लिग २०२१ को उपाधि चेन्नइ सुपर किंग्सलाई

नेपालमत

शनिबार, ३० असोज, २०७८

काठमाडौं-चेन्नइ सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल)-२०२१ को उपाधि जितेको छ ।

शुक्रबार राति दुबईमा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नईले उपाधि उचालेको हो ।

पछिल्लो उपाधि चेन्नईको चौथो पटकको आइपिएल उपाधि हो । चेन्नइ सर्वाधिक सफल भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनी नेतृत्वको टोली हो ।

फाइनल खेलमा कोलकाताले टस जितेर फिल्डिङ् रोजेको थियो ।

टस हारेर व्याटिङ्खमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनाएको थियो ।

१ सय ९३ रनको विजय लक्ष्य लिएर मैदान छिरेको कोलकाता पूरै २० ओभर खेल्दा १ सय ६५ रन मात्र बनाएर अलआउट भएको थियो ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved