• शनिबार, ८ बैशाख, २०८१
  • ०६:४९:०१
  • नेपालीको अभिमत

अपराध

प्रधानमन्त्री देउवाका भाइको घरमा दशैँको दिन चोरी

नेपालमत

शुक्रबार, २९ असोज, २०७८

धनगढी - दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ ।

धनगढी उपमहानगरपालिका-२ सन्तोसीटोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ समेत रहेका भरतबहादुरकाे परिवार सन्तोसीटोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको प्रहरीले जनाएकाे छ ।

चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको र विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जानाएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved