• शनिबार, ८ बैशाख, २०८१
  • ०९:४६:२९
  • नेपालीको अभिमत

स्वास्थ्य

कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठनद्धारा फेरि कार्यदल गठन 

नेपालमत

बिहीबार, २८ असोज, २०७८

काठमाडौं- कोरोना भाइरसको उत्पत्ति कहाँ र कसरी भयो भन्नेबारे पत्ता लगाउन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले फेरि कार्यदल गठन गरेको छ ।

चीनको वुहानमा डेढ वर्षभन्दा बढी समयअघि पत्ता लागेको कोरोना भाइरसको उत्पत्ति कहाँ भयो भन्नेबारे अध्ययन गर्न कार्यदल गठन गरेको डब्ल्यूएचओका अधिकारीहरुले जनाएका छन् ।

त्यसबारेअझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।

यसअघि पनि अध्ययन भैसकेकाले पछिल्लो कार्यदल कोरोनाभाइरस उत्पत्तिबारे अध्यन गर्ने अन्तिम औपचारिक प्रयास हुन सक्ने औल्याइएको छ ।

डब्ल्यूएचओले ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’को लागि २६ जना विज्ञको नाम तय गरेको छ।

आपत्कालीन मामिलासम्बन्धी डब्ल्यूएचओका निर्देशक माइकल रायनले नयाँ अनुसन्धान टोलीको काम कोरोनाभाइरसको उत्पत्ति स्थानबारे बुझ्ने अन्तिम मौका हुन सक्ने बताउनु भयो ।

डब्ल्यूएचओको टोलीले कोरोनाभाइरस वुहानमा जनावरबाट मानवमा सरेको अथवा दुर्घटनावश प्रयोगशालाबाट ‘लिक’ भएको भन्नेबारे अनुसन्धान गर्नेछ ।

अमेरिकासहितका कतिपय देशले चीनको प्रयोगशालाबाट कोरोनाभाइरस बाहिरिएको आरोप लगाएका छ् । 

चीनले भने प्रयोगशालाको कुरालाई कडा शब्दमा खण्डन गर्दै आएको छ ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved