• बिहीबार, १३ बैशाख, २०८१
  • २०:३७:२४
  • नेपालीको अभिमत

स्वास्थ्य

५५ सय जनामा परीक्षण, ३ सय ६५ मा कोरोना पुष्टि 

नेपालमत

बुधबार, २७ असोज, २०७८

काठमाडौं - बुधबार देशभर ५ हजार ५ सय ९४ जनामा कोरोना परीक्षण गरिएको छ ।

जसमध्ये ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

परीक्षण गरिएका मध्ये ३ हजार ६ सय ७१ वटा नमुनाको पिसिआर र १ हजार ९ सय २३ वटा नमुनाको एन्टिजेन विधिबाट बुधबार परीक्षण गरिएको हो

 पिसिआर परीक्षणबाट ३ सय २६ र एन्टिजेन परीक्षणबाट ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बुधबार ६ सय ९ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट बुधबार देशभर ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट निको भएको दर ९६ दशमलव ८ प्रतिशत छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ पुगेको छ ।

देशभर ४ सय २२ जना कोरोनाका गम्भीर बिरामी मध्ये ३ सय १५ जनाको आईसियू र १ सय ७ जनाकोे भेन्टिलेटरमा उपचार भैरहेको छ ।

त्यसबाहेक देशभरका होम आइसोलेसनमा १३ हजार १ सय ७२ र संस्थागत आइसोलेसनमा १ हजार ९५ जना सक्रिय संक्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, २ सय ३२ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै, बुधबार देशभर २ हजार २ सय ७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved