• बुधबार, १२ बैशाख, २०८१
  • ०३:३६:४२
  • नेपालीको अभिमत

छापाबाट

प्रदेश १ मा एकैदिन २२ जनालाई राजनीतिक नियुक्ति

नेपालमत

मंगलबार, २६ असोज, २०७८

विराटनगर–प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति बाँड्न थालेका छन् । 

गएकाे आइतबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई नियुक्ति दिएकाे हाे । प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाकार समितिमा ११ जनालाई नियुक्ति गरिएकाे हाे ।

प्रदेश सरकारले फणिन्द्र अधिकारी, देवी गौतम, भीमराज राई,उमेश घिमिरे, प्रेरणा थापा र इन्दिरा श्रेष्ठलाई बोर्डमा नियुक्त गरेको हो । प्रदेश खेलकुद विकास बोर्ड गठन गरिएकाे छ । जसमा पाँचथरका बाबा मेयाङ्वो उपाध्यक्ष बनेका छन् । भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारी सदस्यमा नियुक्त भएका छन् । सदस्य सचिवमा कृष्ण बस्नेत, (परशुराम) चयन भएका छन् ।

प्रदेश श्रम सल्लाहकार समिति पनि बनाइएकाे छ । जसकाे उपाध्यक्षमा राजीव घिमिरे रहेका छन् । भीम घिमिरे, सरोज श्रेष्ठ, सीता उपाध्याय, रज्जु सिग्देल,किशोर धमला,अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, टीका प्रसाईँ र निलम साह सुनार सदस्यमा नियुक्त भएका छन् । राजधानी दैनिकमा प्रकाशित छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र पाइने

    काठमाडौं–लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महीनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड...

  • नेपालमत

    संसदमा राेकिएका विधेयक अघि बढ्नै सकेनन्

    काठमाडौं–दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल...

  • नेपालमत

    जुम्ली स्याउको मुल्य प्रतिकेजी १ सय ५१ रुपैयाँ

    जुम्ला - एक दशक अघिसम्म जुम्लाको स्याउको मुल्य प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म थियो । ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो ।  स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो...

  • नेपालमत

    तीनै तहको चुनाव एकसाथ गर्न सत्ता गठबन्धनबीच छलफल

    काठमाडौं–गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन ।  प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्,...

  • नेपालमत

    दशैँपछिको पुँजी बजारमा उत्साह थपिदैँ

    काठमाडौं–दशैँपछिको पहिलो दिन नेपालको सेयरको दोस्रो बजार सकारात्मक देखिएको छ । कारोबार खुलेको १५ मिनेटपछि ओरालो लय समाएको बजार सूचक १ बजेपछि भने उकालो लाग्दै...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved