• बिहीबार, ६ बैशाख, २०८१
  • ०८:४३:४९
  • नेपालीको अभिमत

सन्दर्भ

‘नोकिया ११ सय’ मा बसेको त्यो प्रेम !

पुनम बि.सी.

शुक्रबार, २९ असोज, २०७८

पारिपट्टिको पसले साइँला दाइ । हाम्रो सम्बन्धका बारेमा निकै डराउँथे । समाजको डर थियो उनलाई र समाजभन्दा अगाडि मेरी आमाको । आमाको अगाडि उनको सहयोगको पर्दाफासले उनी डराउँथे, युवती र युवकबीच प्रेमको लमी बन्नुको डर । फेरि, सुरुआत पनि उनकै पसलबाट भएको थियो । उनलाई सहयोग गर्ने बहाना र उनले पनि सहयोग माग्ने बहानाले मलाई प्रेममा पार्‍यो । जानीनजानी म उनको प्रेममा परेँ, सायद उनी मेरोमा ।

साइँला दाइको चिया पसलले पनि मेरो जीवनमा ठुलो मोड ल्याइदिएको हो । सबैले प्रश्न गर्छन्, ‘यो जोडी कसरी प्रेममा पर्‍यो ?’ तब प्रश्न सकिन नपाउँदै म साइँला दाइको चिया पसल एक पलमै सम्झन्छु । एकतले घरमा खरको पाली सम्झन्छु । खैरो कालो रङको खरबाट उड्ने धुवाँ सम्झन्छु । धुवाँ छिचोल्दैभित्र पस्दा दन्किरहेको सल्लेरी दाउरा सम्झन्छु । दन्किरहेको दाउराले जोडिएको चुलोमा पानी तताइरहने त्यो कालो किट्ली सम्झन्छु । जुन किट्लीको तातो पानीले नै मेरो उनलाई चिया बनाएर खुवाउँथे ।

छेउमै साइँला दाइको पसल, जहाँ दाइ दाउरा जाँदा आगो नजिकै दराजमा भएको चाउचाउ, बिस्कुट बेच्ने जिम्मा मेरै हुन्थ्यो । सहयोग गर्दै गर्दा माया बसेको न मैले पत्तो पाएँ, मेरी आमाले नै ? त्यसैले पनि साइँला दाइ आफूलाई मेरी आमाविरुद्ध सम्झन्थे । आमासँग डराउँदै उनी आफूलाई सधै‌ आमाको दोषी सम्झन्थे र सम्झिरहन्छन् पनि ।

कुनै दिन सबैले आफ्नो माइती छोड्नु छ । मैले पनि छोडेँ । कुनै नौलो विषय भने थिएन । तर मेरा लागि भने नौलो थियो । आत्मविश्वासले भरिएको मन, तर पनि कताकता डर रु किनकि समाज महिलाको पहिलो बिहेलाई मात्र स्वीकार्छ, सकारात्मक लिन्छ । त्यसपछि नानाथरी संज्ञाले हेरिन्छ । भए नभएका आकलन गरिन्छ । कथा बनाइन्छ र कथा बन्छ पनि ।

दाइको ‘नोकिया ११ सय’ हाम्रो मायाको साधन बनेको थियो । नजिकिन नपाउने दुई शरीरको लाप्को बनेको थियो । समाजको डरको त्यही लाप्कोबाट हामी प्रेम तारिरहन्थ्यौं । तारिरह्यौं । समाजको डर माथिको लाप्कोमा हामी हाम्रा साझा सपनाहरू साटासाट गथ्र्यौं । मेरो उनीसँगको कुराकै लागि पनि हप्ताका केही रात त्यो टर्च बल्ने नोकिया मसँगै आउँथ्यो । साइँला दाइ र उनको मोबाइल, मेरो प्रेम कहानीको अविस्मरणीय हिस्सा बनेका छन् ।

खै, जानी नजानी म उनको भइसकेको थिएँ । ‘खाना खायौं ?’, देखि सुरु हुने गफहरू मोबाइलमा चुम्बनसम्म आएर सकिन्थे । रात बितेको पनि पत्तै लाग्थेन । भालेको डाँकोले प्रायः सुत्न अह्राउँथ्यो । मोबाइलमा चुम्बन पछिको एकपल, मेरा ओठ आफैं मुस्कुराउँथे । सायदै जीवनमा मेरा ओठहरू मेरो अनुमतिविना शतप्रतिशत मुस्कुराउने त्यही एउटा क्षण मात्र हो ।

ओठको मुस्कानसँगै उनको साथको कल्पनाले मलाई निदाउन बेर लाग्थेन । किनकि म उनकोसाथमा सन्तुष्ट थिएँ । आभारी थिएँ ।

टाढाको पलले पनि मायालाई गाढा बनाइदिएको थियो । आमाको निर्णयविरुद्धमा म लागेकी थिएँ । जुम्लाको सिँजा घर भएका उनीसँग एकतर्फी तय भएको निर्णयको मुनिपट्टी म प्रेमको आभास गरिरहेकी थिएँ । आभाससँगै उसको पूर्णअधिकार ममा थियो । मेरा हरेक सोचाइहरूमा उसको अधिपत्य भइसकेको थियो । गलत होस् या सही, उसका विचारहरूलाई म सम्मान गर्थें । उसको अधिपत्यलाई म अनुसरण पनि । त्यसैले त नेपाली नारी हुँ । जसले आफ्नोको सधैं अनुसरण गर्छ, तथ्यविना उसको जवाफलाई पूर्णरूपमा आत्मसात् गर्छ । आखिर प्रेमको अर्कोरूप समर्पण नै हो ।

फोनको घण्टौं गफले मेरा सारा दुःखहरू भुलाइदिन्थे । आफैंलाई भाग्यमानीको संज्ञा आफैं दिन थाली सकेकी थिएँ । कहिले समाज, कहिले परिवार त फेरि भविष्यको गफले ज्यादै रोमाञ्चित बनाउँथ्यो । विस्तारै सुरु हुन्थ्यो यौवनका कुरा । अंगप्रत्यंगका कुरा । यौवनका कुरामा म उसलाई रोक्थेँ पनि । मेरा शब्दहरूले ती सबै रोक्न चाहेता पनि मनले भने चाहन्थेन । आखिर नारी जो थिएँ । यौवन पुरुषलाई जस्तै नारीलाई पनि आवश्यक छ नि । तर सामाजिक गिद्धे नजरको अगाडि शब्दले भन्दा मनले यौवनको कुरा गर्न बाध्य बनाउँथ्यो ।

आन्तरिक रूपमा उसको पूर्णाधिकार ममा थियो । र, मेरो उसमा । पटक–पटक आउने यौवनका कुराले मनमा कताकता काउकुती जगाउँथ्यो । बाक्लो सिरकको भित्र यौवनको काउकुती सम्झँदा अझैं पनि मेरा ओठहरू मुस्कुराउँछन् । सिरकको न्यानोपनमा यौवनको काउकुतीले कल्पनामा फरक महसूस गराउँथ्यो । बस्त्र भएता पनि हामी नांगिन्थ्यौं । टाढा भए पनि, मेरो सिरानी भएर ऊ आउँथ्यो । सिरानी पनि चाहेकै भूमिका निभाउँथ्यो ।

विवाह–सिन्दूरलाई लाइसेन्स वा कुनै संस्थानले यौनकै लागि दिएको परिचय–पत्र ठान्ने समाजको अगाडि हाम्रा कुरा क्रान्तिकारी भूमिकामा थिए । ऊ नजिक भइदिए म सारा बिर्सिदिन्थेँ । आफूलाई उसको सामु सुम्पिदिन्थेँ ।

साइँला दाइको मोबाइलले पनि औधी साथ दियो । मायाको पहिलो पुरस्कारको रूपमा स्काईको फोन पनि पाएँ, ९७४८०२७६७० । दाइको मोबाइलबाट कुरा गर्दा घरी यता, घरी उता फर्कनुको झन्झटबाट मुक्तिका लागि । उसले साइँला दाइसँग मोबाइल र सिम पठाएको थियो ।

‘लाभा’, मेरो जीवनको पहिलो फोन । उसले आफ्नो पहिलो महिनाको तलबबाट पठाएको । गाउँमा सबैस्थानमा फोन नटिप्ने समस्याबाट मुक्त, दिनभर कोठामा लुकाएर राख्थेँ, साँझ परेपछि उसँग कुराकानीका लागि खोल्थेँ । मेरो फोनको ब्याट्री चार्जको जिम्मा चाहिँ साइँला दाइकै थियो । आफ्नो फोनबाट मुक्ति पाए पनि उनले फोन चार्ज गरिदिनुपर्ने समस्याबाट भने मुक्त पाएका थिएनन्, मेरो प्रेमको पहिलो साक्षी ।

न त त्यो प्रस्ताव थियो, न त कुनै राय नै । उनले आफ्नो आदेश सुनाएकी थिइन् । मेरा ओठहरूमा मुस्कान छाए । आमैले पनि त्यो मुस्कानलाई हुन्छ भन्नेको रूपमा लिइन सायद । तर उनलाई थाहा थिएन, मेरो त्यो मुस्कान उसको प्राप्तिमा थियो जसलाई म माया गर्थें । जसलाई रमा, सुम्पिदिएकी थिएँ । त्यो कुरा आमाले कहिल्यै बुझिनन् । उनको आदेशले मलाई नयाँ गन्तव्यका लागि झनै पाइला चलाउन बाध्य पार्दै थिए ।

झाडापखाला जस्तो सामान्य रोगले परलोक भएकी आमाकी एक्ली सन्तान अब आफ्नै भविष्य कोर्दै थिइ । प्रेमको पहिलो साक्षी तथा विश्वासिलो पात्र साइँला दाइ, सम्बन्धमा आएको खटनपटन पनि समाधान गर्थे । कहिले ऊ मसँग रिसाउँथ्यो त कहिले म । हामी दुवैलाई फकाउने सम्झाउने चाहिँ साइँला दाइ थिए । उनी मलाई पटक–पटक सम्झाउथे ‘बैनी कसैलाई नभन्यै है, फेरि कुरा काट्छन् ।’ हाम्रो प्रेम सम्बन्धले आधिकारिकता नपाएसम्म उनी आफूलाई जोगाउन भने चाहन्थे ।

प्रेम सम्बन्धले आखिर एकदिन आधिकारिकता पाउनु नै थियो । त्यो समय पनि आयो । साँझ स्कुलबाट फर्किँदा घर पुग्नासाथ आमाको हँसिलो मुहार देखेँ । सायदै उनको हँसिलो मुहार मेरो मानसपटलमा अझै ताजै छ । किनकि उनको हँसिलो मुहार मेरा जीवनकालमा पहिलो र अन्तिम पटक बनेको थियो ।

‘सिँजा मामाको छोरा कन कुरा छिनेकी छु । वैशाखमाँ ब्या गर्न्या हो ।’

न त त्यो प्रस्ताव थियो, न त कुनै राय नै । उनले आफ्नो आदेश सुनाएकी थिइन् । मेरा ओठहरूमा मुस्कान छाए । आमैले पनि त्यो मुस्कानलाई हुन्छ भन्नेको रूपमा लिइन सायद । तर उनलाई थाहा थिएन, मेरो त्यो मुस्कान उसको प्राप्तिमा थियो जसलाई म माया गर्थें । जसलाई रमा, सुम्पिदिएकी थिएँ । त्यो कुरा आमाले कहिल्यै बुझिनन् । उनको आदेशले मलाई नयाँ गन्तव्यका लागि झनै पाइला चलाउन बाध्य पार्दै थिए ।

उनले पनि मलाई सहर्ष स्वीकारे । भागेर बिहे गर्ने ? किनकि वैशाखमा सिँजाको राजा आउनेवाला थियो, घोडा चढेर । त्यो राजालाई मेरो मन होइन शरीर मात्र सुम्पन सक्थेँ । आखिर मन कसैले आफ्नो बनाइसकेको थियो । साइँला दाइलगायत हामी तीनबीच निकै छलफलहरू भए । निर्णयहरूमा साइँला दाइ भावी जीवनका दुःखहरूमा आफूलाई दोष नदिन सुझाउँदै थिए ।

छलफल केही दिन नै चल्यो, ती दिनहरूमा आमा मलाई शंकाका नजरले पनि हेर्न थालिसकेकी थिइन् ।

‘त्यो रामे मास्टरतिर सल्क्या त छैनी ?’

उनको प्रश्नमा म उनलाई सान्त्वना उत्तर दिन्थेँ । ‘छ्या त्यो पुड्केसँग नि को जाँदो हो?’ आमा मेरो उत्तरलाई ढुक्कको रूपमा लिन्थिन् । तर उनलाई थाहा थिएन, भित्र के चल्दै छ ?

‘त्योभन्दा त मेरो भाइसँग तेरो जोडी जम्दह ।’

‘मामाले टिकाटालो मात्र गर्दिए हुन्छ, भन्याछन् ।’

‘केही माग्या छैनन् । आफन्तमा चेली दिन्या झन् राम्रो सम्बन्ध हुन्छ ।’

‘केटो खाइलाग्दो छ । दुई पटक देश गैसक्या हो ।’ बुहारी के लिएर आई भन्दै हेर्ने मेरी आमाको समाजले बुहारीले के छोडी ?, कहिल्यै सोचेन ।

आमाको प्रस्तावमा म मुस्कुराइरहेकी थिएँ । किनकि आफूलेभन्दा पनि आफूलाई माया गर्ने ऊ मेरो साथमा थियो । हुर्केकी छोरी हाम्रो समाजको सधैँ चिन्ताको विषय बन्छन् । त्यो बोझिलो चिन्ता, नेपाली समाज र समाजका नारी आफूलाई कहीँ न कतै पराईको नासो झैं हेरचाह गरिएको भोग्छन् । दाइजोविरुद्ध विदेशी संस्थाले जति विज्ञापन बजाए पनि अझैं हामीहरू टिभी र दराजसँगै सजिएर ससुराल आएका छौं ।

आमाको सल्लाहभन्दा बुवाको धारणा फरक होला भन्ने सोचेकी थिएँ, किनकि म उनकै खुन हुँ । आखिर एउटी चेली सधैँ राम्रै बचनको पर्खाइमा हुन्छे । तर बुवाको पनि लाचारीपन देख्दा छोरी हुनुमा पहिलो पल्ट धिक्कार लागेर आयो ।

त्यो आमाको भाइ भनाउँदो हरिलठ्ठकसँग कसरी जीवन बिताउन सक्थेँ ? आमाको काइँलो मामाको छोरा थियो । ६ बहिनी–दिदीपछि अन्तिममा जन्मेको । बाआमा ८०–९० वर्ष पुग्दा ऊ २४ वर्षको । बुढेसकालमा बुढाले अरूको बुढी भगाए र त्यही हरिलठ्ठकलाई जन्माउन ६ वटी दिदी वर्षौटे पाए । चार कठ्ठा बेशीको धान फलाउने खेत पनि उनै श्रीमतीका लागि जारी दिए ।

मर्नुभन्दा अगाडि छोराको बिहे भएको हेर्न चाहन्थे बुढाबुढी । बुवाआमा हुन्थे त जीवनको भेलमा हरिलठ्ठकको सहारा पनि बन्थे । नभए ? मेरी आमा जानीजानी मलाई त्यो घरको व्यवहार सम्हाल्न पठाउँदै थिइन् । २४ वर्षको हरिलठ्ठकसँग म १६–१७ की ? के–के गरिसक्थे हुँला ? बालीनाली लगाउने ? फेरि स्याहार्ने, गाईवस्तु घाँसपात के–के, के–के ? यी सबै त्यो हरिलठ्ठकको साथविना सम्भव थिएन र उसको साथको कुनै ग्यारेन्टी पनि ।

मनलाई बाँध्न सकिनँ । सम्झाउन सकिनँ, कठोर हुन पनि । आशारूपी बुवाको लाचारीपन र आमाको एकतर्फी निर्णयको अनुसरणबाहेक मेरो उनी नै अर्को विकल्प बनेका थिए । आमाको स्वःनिर्णय नकारेर पनि नकारिने अवस्था थिएन । नकार्दैमा निर्णय फेरिने अवस्था पनि । किनकि आमा र उनको निर्णयसँग म परिचित थिएँ । नकार्दैमा निर्णय फेरबदल गरिँदैन हाम्रो समाजमा । सम्झाइन्छ, बुझाइन्छ । छोरी बुवाआमाको बचन र इज्जतमा हिँड्नुपर्छ । बचन पूरा गर्नतर्फ छोरीको स्वतन्त्रता तथा अधिकारको वास्ता कहिल्यै आउँदैन । प्रायः बाउआमाहरूको बचन छोराछोरीहरूको अधिकार बोकेर पनि त आउँदैनन् ।

बिहानीको समय, सूर्यको लालीमा सुरु हुनु केही घण्टा अगावै । म आफ्नो संसार आफैं रोज्दै थिएँ । राती ऊसँग भएको कुराकानी र योजना अनुरूप दुई जोर कपडा पोको पारेँ । म एक्लै थिएँ, तर मलाई उसले भगाएको थियो । उसको मायाको डोरी पछ्याउँदै म मेरो जन्मथलो छोडी आफैं भागेँ । एउटा विश्वासको कर्तव्य पूरा गर्न । मायाको लागि म भागेँ ।

आन्तरिक रूपमा उसको पूर्णाधिकार ममा थियो । र, मेरो उसमा । पटक–पटक आउने यौवनका कुराले मनमा कताकता काउकुती जगाउँथ्यो । बाक्लो सिरकको भित्र यौवनको काउकुती सम्झँदा अझैं पनि मेरा ओठहरू मुस्कुराउँछन् । सिरकको न्यानोपनमा यौवनको काउकुतीले कल्पनामा फरक महसूस गराउँथ्यो । बस्त्र भएता पनि हामी नांगिन्थ्यौं । टाढा भए पनि, मेरो सिरानी भएर ऊ आउँथ्यो । सिरानी पनि चाहेकै भूमिका निभाउँथ्यो ।

कुनै दिन सबैले आफ्नो माइती छोड्नु छ । मैले पनि छोडेँ । कुनै नौलो विषय भने थिएन । तर मेरा लागि भने नौलो थियो । आत्मविश्वासले भरिएको मन, तर पनि कताकता डर ? किनकि समाज महिलाको पहिलो बिहेलाई मात्र स्वीकार्छ, सकारात्मक लिन्छ । त्यसपछि नानाथरी संज्ञाले हेरिन्छ । भए नभएका आकलन गरिन्छ । कथा बनाइन्छ र कथा बन्छ पनि ।

तरकारीले भरिएको जिपको अगाडि सवार थिएँ म । धन्न त्यति बिहानै गाडी पाइएको थियो । नत्र मूल बाटोमा पुगेपछि बाटैबाटो हिँड्ने सोच बनाएकी थिएँ । उसकै फोनमा उसका ‘कहाँ आइपुग्यौ ?’ भन्ने प्रश्नहरूले मेरो पाइलाहरूलाई थप हौसला दिएका भने थिए । छेउमा खलासी अनि एकजना बूढो मान्छे, म र ड्राइभर साथमा थियौं । अपरिचित उनीहरू मेरा बारेमा प्रश्न गर्थे र पटक पटक एउटी नारीको सामु आएका उनीहरूका प्रश्नको पनि म जवाफ नदिइरहन सक्थिनँ । आधै परिचय दिएँ तर आफ्ना पाइला बारे अनभिज्ञ बनाएँ ।

सुर्खेत वीरेन्द्रनगर, जिल्ला प्रहरी कार्यालयको पूर्वपट्टी चोकमा रातो मोटरसाइकलमा ऊ मेरै प्रतिक्षा गरिरहेको थियो । देख्नासाथ म मुस्कुराएँ । उसको मुहारमा पनि तनाव तथा डरको रेखाहरू स्पष्ट झल्किन्थे । तर पनि ऊ गर्वको भाव झल्काइरहेको थियो । गाडीको भाडा खलासीलाई दियो र उसको मोटरसाइकलमा हामी हुइँकियौं । सुनौलो जीवनको कल्पनामा रम्दै काँपेका ओठको साथमा प्राप्तिले मात्तिएका औंलाले उसलाई अँगालोमा बेर्दै म ऊसँग हुइँकिएँ । उसको मोटरसाइकलको पछाडि हुइँकिएँ ।

(बि.सी.को भर्खरै प्रकाशित उपन्यास ‘रमा’ बाट)

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    भारत : प्रतिपक्ष शासित राज्यमा सत्तापक्षको दमन

    भारतको सबैभन्दा शक्तिशाली नेता  तथा प्रधानमन्त्री नरेन्द्र मोदीको लागि आउने चुनाव धेरै नै महत्त्वपूर्ण छ। समाचार संस्था, व्यवस्थापिका, नागरिक समाजका साथै कहिलेकाहीँ अदालतसमेत प्रधानमन्त्री मोदीको विचारधारा...

  • नेपालमत

    रेडियो(कर्मी)को भविष्यको चिन्ता !

    रेडियो भनेको आवाज सुनाउने माध्यम हो। रेडियोमार्फत सुनेका कुरा श्रोताको मनमा चित्र बनेर बस्छ। रेडियो माध्यमको सबैभन्दा ठूलो शक्ति र विशेषता नै यही हो। ताररहित सुनाउने...

  • नेपालमत

    सिकाइमा मातृभाषा वरदानसिद्ध हुँदोरहेछ

    २०७० साल वैशाखको पहिलो हप्ता । टिच फर नेपालको पहिलो समूहको फेलोको रूपमा दक्षिण ललितपुरको यात्रा शुरू भयो । सातदोबाटोबाट चापागाउँहुँदै छपेलीतिर लाग्दै गर्दा गाडी गुड्ने बाटो...

  • नेपालमत

    कति सुध्रियो हाम्रो फौजदारी न्यायप्रणाली ?

    संविधानसभाले राज्य पुन:संरचनासहितको नयाँ संविधान २०७२ सालमा जारी गर्‍यो।सँगै फौजदारी न्यायप्रणालीमै व्यापक सुधार ल्याउन मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि र्यविधि संहिता ऐन...

  • नेपालमत

    आम निर्वाचन र मौन मतदाता

    सरकारले मंसिर ४ गते प्रदेश सभाहरू र संघीय प्रतिनिधि सभाको दोस्रो निर्वाचनको मिति तोकेको छ। निर्वाचन आयोगले सो मितिमा निर्वाचन गराउन उम्मेदवारीको कार्यक्रम नै अगाडि...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved