• शुक्रबार, ७ बैशाख, २०८१
  • ०५:५९:४६
  • नेपालीको अभिमत

शिक्षा

शिक्षाका परिणाममुखी कार्यक्रममा लगानी -अर्थमन्त्री शर्मा 

नेपालमत

शनिबार, २३ असोज, २०७८

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताउनुभएको छ ।

उहाँले सरकारले ‘पढ्दै, कमाउँदै’ कार्यक्रम ल्याएको र त्यसलाई कार्यान्वयन गर्न समुदायस्तरमा सबै पक्षको सहयोग र विज्ञता उपयोग गर्न आग्रह गर्नुभयो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को १२ औँ वार्षिक साधारणसभाको शनिबार उदघाटन गर्नुहुंदै अर्थमन्त्री शर्माले पहुँच र हचुवाका भरमा कुनै फाइल तयार गरेर आफूले बजेट नदिने स्पष्ट पार्नुभयो ।

नक्साकङ्नबिना विद्यालय र कलेज स्वीकृति दिइने तथा त्यहाँ गुणस्तरीय शिक्षा नहुने हुँदा लगानी खेर गइरहेकातर्फ सङ्केत गर्नुहुंदै अर्थमन्त्री शर्माले संविधानमा व्यवस्था भएबमोजिम सार्वजनिक शिक्षा निःशुल्क गराउन र शिक्षामा समानता स्थापना गर्न आफू प्रतिबद्ध रहेको सुनाउनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले कोभिड महामारीपछि शिक्षामा रुपान्तरणका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै शिक्षामा लैङ्गिक समताका पक्षमा सुधार भए पनि उच्च शिक्षासम्म विद्यार्थी टिकाउनु चुनौतीपूर्ण भएको बताउनुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै शिक्षाविज्ञ विमल फुँयालले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले शिक्षामा लगानी बढाउन र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमाथि संसद्मा छलफल चलाउन आग्रह गर्नुभयो ।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले संविधान र दलीय घोषणापत्रमा जनमुखी र उत्पादनमूलक शिक्षा भनिए पनि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा अन्योल देखिएको बताउनुभयो ।

 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved