• शुक्रबार, १४ बैशाख, २०८१
  • ०३:१३:४३
  • नेपालीको अभिमत

प्रविधि

पूर्वी राेल्पामा विद्युतका कारण एकसातादेखि टेलिकम सेवा अवरुद्ध

नेपालमत

शनिबार, २३ असोज, २०७८

रोल्पा –रोल्पाको पूर्वी भेगमा गत हप्तादेखि टेलिकम टावर नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । 

सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युतको ट्रान्समिटर जलेकाले गत हप्तादेखि टेलिकमको सेवा अवरुद्ध भएको हो । अहिले गाउँपालिकाका जेलबाङ, सेरम उवा, गामलगायत स्थानका बासिन्दा टेलिकमको सेवा लिनबाट बञ्चित भएका छन् । टावर कहिले आउने कहिले जाने गर्छ स्थानीयवासी हिक्मत घर्तीले भन्नुभयो । पहिले सोलारमार्फत विद्युत सञ्चालन हुने गरेकामा अहिले झन् नियमित सेवा सञ्चालनमा छैन उहाँले भन्नुभयो ।

समयमै मर्मत गर्न ढिलाइ गर्दा हप्तौँ दिनसम्म टलिफोन सेवाबाट सेवाग्राही बञ्चित भएका छन् भने जिल्लाको पश्चिमोत्तर भेगको  थवाङ, परिवर्तन, गङ्गादेव र माडी गाउँपालिकामा पनि यो समस्या देखिने गरेको  छ ।

रातामाटाको टावरमा समस्या देखापर्ने बित्तिकै पश्चिमोत्तर रोल्पाका अधिकांश टावरले  काम नगर्ने समस्या रहेको परिवर्तन गाउँपालिका–२ वडाध्यक्ष हरिप्रसाद घर्तीले बताउनुभयो । 

घण्टौँ डाँडाकाँडा पुगेर फोन गर्ने पुरानो समस्या दोहोरिने स्थानीयवासी सूर्यप्रकाश बुढामगरको गुनासो थियो ।  मुख्य समस्या विद्युत् आपूर्तिमै रहेको नेपाल टेलिकमका स्थानीय कर्मचारीले  बताए । विद्युत् व्यवस्थापनका लागि स्थानीय सरकारसँग पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved