• सोमबार, १ कार्तिक, २०७८
  • ०१:४५:१४

वैवाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया

  • नेपालमत
  • शुक्रबार, २२ असोज, २०७८- १५:०६:००/ Friday 10-08-21

काठमाडौं– निर्देशक तथा अभिनेता सुदर्शन थापा र टेलिभिजनकर्मी सुप्रिया कटुवाल वैवाहिक जीवनमा बाँधिनुभएको छ । गत २१ भदौमा इन्गेज्मेन्ट गर्नुभएका उहाँहरुले शुक्रबार बालुवाटारको एक होटलमा विवाह गर्नुभएको हो।


विवाह समारोह आयोजना गरिएको होटलमै केही दिन अगाडि सुप्रियाको मेहन्दी कार्यक्रम समेत राखिएको थियो ।सुप्रिया मोडलिङ हुँदै पछिल्लो समय टेलिभिजनमा समाचार बाचिकाको रुपमा कार्यरत हुनुहुन्छ । सुदर्शन भने उहाँको निर्देशनमा रहेको पछिल्लो फिल्म म यस्तो गीत गाउछु–२ को रिलिजको तयारिमा हुनुहुन्छ । 


 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।