काठमाडौं– कोरोना माहामारीका कारण ठप्प बनेको नेपाली चलचित्र उद्योग तङ्ग्रने सुर सारमा रहेको छ । सरकारले फिल्महल चलाउन अनुमति दिए सँगै दशैँ छेक पारेर दुई फिल्म हलमा लाग्ने तयारीमा रहेका छन् ।
दशैंको अवसर पारेर लामो समय देखि बन्द रहेको सिनेमा हलमा ‘धन्दागिरी’ र ‘डाँडाको वरपीपल’ फिल्म असोज २६ गते प्रदर्शनमा आउने भएका छन् ।
–धन्दागिरी
एनबी अन्जानको निर्देशन रहेको यो फिल्ममा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, विपना बस्नेत, सुवास गजुरेल, सुनिल कटुवाल, सविता रेग्मी लगायत कलाकारको अभिनय छ । दिनेश खड्का एसोसिएट निर्माता रहेको फिल्मको कार्यकारी निर्माता कुमारप्रसाद ओझा रहनुभएको छ ।
–डाँडाको वरपीपल
शोभित बस्नेतको निर्देशन रहेको यस फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय छ । बूढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्मातामा नवराज गिरी रहनुभएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...
काठमाडौँ - ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...
काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...
काठमाडौं - नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपालझैँ विदेशमा...
काठमाडौं - झपट पुरस्कार व्यवस्था समितिले कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ कञ्चन पुडासैनीलाई २०८०...