''त्यही बिरानो मुलुकमा पसिनाको धारो,
हाम्रोनी देश छ नी भन्दै, बगाउन पारो।
कसलाई थाहाछ परदेश गएर धनै कमाउँछ की,
बाकस भर्न गएकाे छोरो बाकसमै आउँछकी,
सम्झे आँसु झर्छ''
म जाम भने माटोले सराप्छ, नजाम भने बाटोले सराप्छ, मुटु गाँठो पारेरै भएनि उतै जानै पर्छ माथिको हृदयविदारक शब्दपङ्ती चर्चित गीतकार नारायण कँडेलका हुन। गीत परदेशको बाटो लागेकाहरूको भावना र बेदनालाई समेटिएर तयार पारिएको छ । कँडेलले वास्तविक कथामा सिर्जित “यस्तै छ कहानी परदेशीको को भाग–४ को रुपमा “उतै जान पर्छ" नामक लोकगीत बजारमा लिएर आउनुभएको छ।
बाग्लुङ को बिहुँकोट करलिममा जन्मिनु भएका कँडेल आफुपनी विगत एक दशकदेखि विदेशमै बस्दै आउनु भएको छ । जापान जस्तो मुलुकमा रहेर पनि गीतलेखन मार्फत निरन्तर नेपाली गीतसंगीतमै योगदान गरिरहनु भएका कँडेलले लाखौ नेपालीले दुईछाक पेट भर्नकै लागी आफ्नो देश छोडेर प्रदेशमा रगत पसिना बगाउनु परेको बाध्यता लाई कलात्मक रुपमा देखाउन खोज्नुभएको छ । गीतमार्फत उँहाले परदेशबाट घरदेश आएको मान्छे फेरी परदेश नलागी नहुने बाध्यकारी परिस्थिति लाई निकै सुन्दर र कारुणिक तरिकाले प्रस्तुत गर्नुभएको छ।
“ न परदेशमा फ्रिजको पानी ले मुलको पानी बिर्सायो न एसी को चिसो– तातोहावाले गाउँबेँसीको तिर्सना मेटायो। प्रदेश पसेको दिन देखिनै उता देखेका हरेक कुराले मेरोपनि देश कहिले यस्तै होला भन्ने चिन्ताले रुवायो त कहिले मलाई मेरैदेशले कहिले फर्कि भन्छ भन्ने अनुत्तरित प्रश्न ले मन खायो। हामी जस्तो साधारण मान्छेसँग सिंहदरबारको के नाता होस र बोलाओस् तर आफुलाई जन्माएको घर ,उभिएर हिड्ने सिकाएको आँगन अनि त्यही आँगनको डिलमा मेरोबाटो हेरेर बसेका बूढा बाआमा, म बन्नमा धेरै कुरा खर्चेको जन्मगाँउ, सामाज, पाखापखेरा यि सबैलाई देख्ने व्यग्र चाहनाले घरदेश नफर्की किन मान्थ्यो र मन। तर घरदेश त फर्किन मात्र के पाएको थिएँ फेरी कथा उही थियो व्यथा उही थियो। चारै तिर हेरेँ न त आखाका सपना यतै पुरा हुने अबस्था देखेँ न त मनका चाहना। अनि फेरी मनले भन्यो तँ “मुटु गाँठो पारेरै भएनि उतै जान पर्छ”।
यिनै शब्दले गीतलाई झन परिभाषित गरेको छ। गीतमा अत्यन्त सुमधुर गायकीका धनी पछिल्लो समय “हातैका पौजाले”,“सनिसार” जस्ता बहुचर्चित गीतका गायक-सर्जक कुशल बेलबासेको संगीत र आवाज रहेको छ भने श्रुतिसंवेग जस्तो देशकै लोकप्रिय रेडियो कार्यक्रमका प्रस्तोता अच्युत घिमीरे “बुलबुल” को आवाजमा रहेको भुमीका वाचनले झन गीतलाई सुमधुर बनाएको छ ।
पछिल्लो समयका भिन्न र निकै सिर्जनात्मक कथा र भिडियो परिकल्पना दिन सक्ने निर्देशक बिनोद भण्डारीको निर्देशनमा बिनोद भन्डारी र जुना गुरुङ को उत्कृष्ट अभिनयले गीतलाई निकै न्याय दिएको छ।
बिनोद बाजुरालीको संगीत संयोजन, नवराज उप्रेतिको छायांकन, प्रबिण भट्टको भिडियो सम्पादन रहेको यस गीतलाई नारायण कँडेलको आफ्नै युटुव च्यानलबाट बजारमा ल्याइएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...
काठमाडौँ - ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...
काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...
काठमाडौं - नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपालझैँ विदेशमा...
काठमाडौं - झपट पुरस्कार व्यवस्था समितिले कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ कञ्चन पुडासैनीलाई २०८०...