• बिहीबार, १३ बैशाख, २०८१
  • १४:२३:५९
  • नेपालीको अभिमत

मनोरञ्जन / संगीत

बसन्त थापा र देवी घर्तीको 'उही खोलीमा पानी २' सार्वजनिक (भिडियो)

नेपालमत

मंगलबार, १९ असोज, २०७८

काठमाडौं– युट्युबमा करोड भ्युज पाउन सफल दोहोरी गीत 'उही खोलीमा पानी'को  सफलता पछि  सर्जक केशव पौडेलको 'उही खोलीमा पानी-२' सार्वजनिक भएको  छ। 

केशव पौडेलको शब्द, खेम पुनको लय रहेको उक्त गीतमा बसन्त थापा र देवी घर्तीको आवाज रहेको छ। गीतमा याम थापा मगरको एरेन्ज रहेको छ । जवानीको औषधि नाम दिएर उही खोलीमा पानी २ लाई सार्वजनिक गरिएको छ ।

दोलखा जिल्लाका मनोरम दृश्यहरू समेटेर छायांकन गरिएको जवानीको औषधिको भिडियो चित्र मास्की मगरको निर्देशनमा लोमश शर्मा र रबिना भण्डारीको जीवन्त अभिनयमा विवेक बि.क.ले छायांकन गर्नुभएको छ । भिडियोमा पदम सुवेदीको ग्राफिक्स एवं सम्पादन रहेको छ ।

पौडेलको सिर्जनामा यसअगाडि गुन्द्रुक मीठो, पुतली , रामकसम चट्टै लगायतका गीतहरूले नेपाली लोक सांगीतिक क्षेत्रमा राम्रो चर्चा र लोकप्रियता बटुल्न सफल भएका थिए ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य

    काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...

  • नेपालमत

    चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

    काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।  निर्देशक...

  • नेपालमत

    अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

    बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...

  • नेपालमत

    ‘महाजात्रा’लाई देशभर उच्च शो

    काठमाडौँ  -  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...

  • नेपालमत

    ‘भागु’ राष्ट्रिय बाल नाटक मेलामा सर्वोत्कृष्ट घोषित

    काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved