काठमाडौं– विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रूपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म रुदानेको टिजर सार्वजनिक भएको छ । टिजर ओएसआर डिजिटल मार्फत टिजर सार्वजनिक गरिएको हो । अमित किशोर सुवेदी र विकास ढकालको लेखन तथा निर्देशन रहेको फिल्ममा रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनका विविध पाटाहरू समेटेर निमार्ण गरिएको हो । दावानल क्रियसनले निर्माण गरेको फिल्ममा जागृत रायमाझीको प्रमुख कार्यकारी निर्माता रहनु भएको छ भने सह–निर्मातामा भानुभक्त थापा रहनुभएको छ ।
सहायक निर्माताहरूमा पदम केशर कटुवाल र सहदेव प्रसाद सापकोटा रहनुभएको छ भने फिल्ममा मुख्य चरित्र रूपचन्द्र विष्टको भूमिकामा दिव्य देबले अभिनय गर्नु भएको छ ।
फिल्ममा नम्रता श्रेष्ठ, रवि गिरि, सुभास गजुरेल, अम्बर सुवेदी, सरोज अर्याल , आलोक थामी , नमिता तामाङ्ग, परीक्षित विक्रम राणा, विभोर पोखरेल, सविना गोपाली, प्रकाश दाहाल , आइ. पि आचार्यलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्म २०२२ को मध्य सम्ममा फिल्म रिलिज गर्ने तयारी रहेको छ ।
रूपचन्द्र विष्ट मकवानपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर चेतना फैलाउने शिक्षावादी, जनबादी नेता हुनुहुन्थो । रुप्चन, रुदाने, स्वरूपे आदि नामबाट पनि चिनिने उहाँको जन्म बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीबाट वि.स. १९९० पौष २६ मा भएको हो । उहाँ एक सम्ह्रान्त परिवारका व्यक्ति हुनुहुन्थ्यो ।
उहाँ वि.स.२००७ देखि २०१० सम्म कम्युनिस्ट विद्यार्थी राजनीतिमा सक्रिय रहनु भएको थियो । उहाँ २०१० देखि २०१७ सालसम्म किसान र मजदुरहरूको पार्टीमा क्रियाशील रहनुभएको थियो । उहाँले बीए र बीएलसम्म औपचारिक अध्ययन गर्नुभएको थियो । पछि सरकारको असहयोग रहेकोले भारतमा स्वनिर्वासचत भएर पूर्वीय दर्शनको अध्ययन गर्नु भएको थियो ।
उहाँको बिचार जनवादी भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उहँलाई गिरफ्तार गरियो । पटक– पटक गिरफ्तार भए पनि जनमुखी राजनीतिमा पूर्ण प्रतिवद्ध रहनु भयो । साधारण जीवन रुचाउने उहाँले बिबाह गर्दा समेत पाहुनालाई चिया मात्र खुवाउनुभयो । दुई सन्तान भएका उहाँको पछि सम्बन्ध बिच्छेद भयो ।
धेरै पटक राजद्रोह लगायत अन्य आरोपमा पक्राउ पर्नुभएका बिष्टलाई तत्कालिन पञ्चायती सरकारले धेरै पटक जेल हालेको थियो । नेपालमा भने उहाँ बेपत्ता भएको समय मारिएको शंका समेत गरिएको थियो । फर्केपछि मकवानपुरको दामनमा प्राकृतिक बिज्ञानको ८ वर्ष स्वअध्ययन गर्नुभयो । उहाँ स्थानीय बिद्यालयमा प्रधानाध्यापक हुनुभयो । बिहान बेलुका प्रौढ शिक्षा समेत चलाउनुभयो।
०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका विष्ट फोटो होइन, विचार राखेर निर्वाचन लड्नुहुन्थ्यो । विष्ट मुलुकमा रहेको मण्डलेतन्त्रको मात्र होइन, घर, टोल, गाउँ र दलभित्र रहेको मण्डलेतन्त्रको पनि प्रखर विरोधी हुनुहुन्थ्यो ।
वि.सं. २०२९ र ३० सालतिर रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरू गर्नुभयो । रूपचन्द्र र उहाँका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखिए ।रूपचन्द्र विष्ट त्यस्ता नेपाली हुनुहुन्थ्यो, जो राजनीति गरेर राजनीतिज्ञ कहलिनुभएन । श्रम गरेर पनि श्रमिक भनिनुभएन, साहित्य लेखेर साहित्यकारमा दरिनुभएन । मौलिक दर्शन स्थापित गरेर पनि दार्श्निक भनिनुभएन।
उहाँलाई एक सनकी मान्छेका रुपमा तत्कालिन शासकले उहाँलाई चित्रण गर्यो । रूपचन्द्र विष्टले ०३८ र ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गर्नुभएको थियो । उहाँ पर्चापम्पेलेटहरूमा तस्विर हैन विचार लेख्नु हुन्थ्यो । तिनै पर्चाहरू बेचेर चुनाव खर्च जुटाउँनुहुन्थ्यो । उहाँले कहिल्यै पनि रूपचन्द्र विष्ट हेरेर भोट देऊ भन्न्नुभएन । मात्र विचार बाँड्नुभयो।
रूपचन्द्र विष्टले जीवनको उत्तराद्र्धकालसम्म पनि अभियानलाई निरन्तरता दिइरहनुभयो । आफू झुप्रेझाम्रे भएकोले सोही बमोजिमको सामान्य ठाउँमा उपचार गर्न र मरेपछि विल्कुलै सामान्य वर्गकोझैँ अन्तेष्टी गर्न अह्राउनु भएको थियो ।
सहयोगीलाई आफ्नो मृत लासमा अविर, माला नलगाउन, काजक्रिया नगर्न र लासको राजनीति नगर्न समेत भन्नुभएको थियो । नेपाली माटोले चिन्न नसकेको तीनै महान व्यक्तिको मृत्यु २०५६ साल असार ७ गते ६६ वर्षको उमेरमा भयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...
काठमाडौँ - ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...
काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...
काठमाडौं - नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपालझैँ विदेशमा...
काठमाडौं - झपट पुरस्कार व्यवस्था समितिले कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ कञ्चन पुडासैनीलाई २०८०...