• बिहीबार, १३ बैशाख, २०८१
  • ०९:३८:४७
  • नेपालीको अभिमत

आहा नेपाल

पर्यटन व्यवसाय पुनरोत्थान गर्न योजना ल्याउने गृहमन्त्रीको भनाइ

नेपालमत

बुधबार, १३ असोज, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले पर्यटन सहितका कोभिड प्रभावित व्यवसायको पुनरोत्थान गर्न योजना र कार्यक्रमसहित सरकार अघि बढेकोे बताउनुभएको छ ।

गृह मन्त्रालयमा  बुधबार आयोजित अन्तरक्रियामा गृहमन्त्री खाँणले कोरोना संक्रमण नियन्त्रण गरी सबै व्यवसाय पूर्ववत् अवस्थामा फर्काउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

गृहमन्त्री खाँणले कोरोना संक्रमणको जोखिम घट्दै गए आगामी केही दिनमा नै रात्रीकालीन व्यवसायहरू समेत पूरा समय सञ्चालन गर्न सकिन्छ कि भनेर सरकारले सोचिरहेको बताउनु भयो ।

गृहमन्त्री खाँडले बुधबार ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरू संग छलफल गर्नु भएको हो ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसहितका अधिकारीहरुले व्यवसायीका तर्फबाट आवश्यक पहल भए सहजीकरण गर्न सरकार तयार रहेको बताउनु भयो ।

गृहमन्त्रीसंगको छलफलमा व्यवसायीहरूले चौविसै घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, लामो समय बन्द रहेका व्यवसायको पुनरूत्थानका लागि राहतका प्याकेजहरू ल्याउनुपर्ने, रात्रीकालीन व्यवसायलाई ब्यवस्थित र मर्यादित बनाउन नियमन तथा सूचीकरणको उचित प्रवन्ध गर्नुपर्ने लगायतका मागहरू राख्नु भएको थियो ।  

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    सात गैँडा डेरा सर्दै !

    चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न...

  • नेपालमत

    नेपालकोअन्नपूर्ण सर्किटमा 'याक अट्याक अन्तर्राष्ट्रिय साइक्लिङ'

    काठमाडौं - पन्ध्रौँ याक अट्याक अन्तर्राष्ट्रिय क्रस कन्ट्री बहुदिवसीय साइकल प्रतियोगिता सुरु भएको छ ।  माउन्टेन बाइकिङ वर्डवाइडको आयोजना तथा नेपाल पर्यटन बोर्ड लगायतका संस्थाहरुसँगको सहकार्यमा प्रतियोगिता...

  • नेपालमत

    मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास

    महोत्तरी- मिथिलाक्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र ९भदौ० कृष्ण अष्टमी तिथिमा यो...

  • नेपालमत

    आज ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन पर्व

    काठमाडौँ-  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।   पूर्णिमाका दिन बिहानैदेखि...

  • नेपालमत

    आज नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ- नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।   यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved