एजेन्सी– भारत सरकारले फिल्म हल खोल्न अनुमति दिएपछि बलिउड फिल्मको प्रदर्शन मिति धमाधम घोषणा हुन थालेका छन् । यस्तैमा कतिपय ठूला ब्यानरका फिल्महरू जुधेका छन् ।
केही दिन अघि अक्षय कुमार अभिनीत फिल्म ‘सूर्यवंशी’, ‘रक्षाबन्धन’ र ‘बच्चन पान्डे’ ले पनि प्रदर्शन मिति सार्वजनिक गर्यो ।
यस्तैमा अक्षयको ‘रक्षाबन्धन’ र प्रभासको ‘आदिपुरुष’ बिच भिडन्त हुने भएको छ । जबकि दुवै फिल्म बहुप्रतिक्षित रहेका छन् । यी दुबै फिल्म भारतको स्वतन्त्रता दिवसको अवसर पारेर ११ अगस्ट २०२२ बाट प्रदर्शनमा आउने गरि प्रदर्शन मिति घोषणा गरिएको छ । स्वतन्त्रता दिवसमा बिदा हुने भएकाले यी दुई फिल्मले रिलिजका लागि यो मिति रोजेका हुन् ।
आनन्द एल।राय निर्देशित ‘रक्षाबन्धन’ मा अक्षय कुमारसँगै भूमि पेडनेकरको मुख्य भूमिका रहेको छ भने ओम राउत निर्देशक रहेको ‘आदिपुरुष’ मा प्रभासका साथै सैफ अली खान, कृति सेनन र सनी सिंह मुख्य भूमिकामा छन् । हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा बन्ने यो फिल्म पौराणिक ग्रन्थ रामायणमा आधारित छ । फिल्मको बजेट ४ सय करोड बताइएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...
काठमाडौँ - ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...
काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...
काठमाडौं - नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपालझैँ विदेशमा...
काठमाडौं - झपट पुरस्कार व्यवस्था समितिले कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ कञ्चन पुडासैनीलाई २०८०...