• शनिबार, ८ बैशाख, २०८१
  • ०४:१७:१९
  • नेपालीको अभिमत

मनोरञ्जन / साहित्य

अनेसास कविता प्रतियोगितामा शरद पोखरेल प्रथम

नेपालमत

शुक्रबार, ८ असोज, २०७८

काठमाडौं–अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आयोजना गरेको कविता प्रतियोगितामा कवि शरद् पोखरेल प्रथम हुनुभएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार अमेरिकामा भर्चुअलरुपमा आयोजना गरिएको प्रतियोगितामा १०३ कविका कवितालाई पछि पार्दै जापान निवासी पोखरेलको ‘एउटा चराको सुसाइड नोट’ शीर्षकको कविता प्रथम भएको हो । 

यस्तै नेपालका शुभचन्द्र राई द्वितीय तथा अफ्रिका निवासी गणेश खड्का, अमेरिका निवासी केशवराज ज्ञवाली र नेपालकी वन्दना भट्टराईका कविताले तृतीय स्थान प्राप्त गरेका थिए  । प्रतियोगितामा प्रथम हुनेलाई अमेरिकी डलर ५००, द्वितीयलाई  ३००  र तृतीय हुनेलाई जनही दुई/दुई सयका साथै प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।  

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा आयोजित कविता वाचनमा १०३ बाट ३५ कविता  छनौट भएकामा  ३२ कविले कविता वाचन गरेका थिए । राष्ट्रकविको जन्मजयन्तीका अवसरमा प्रत्येक वर्ष यस्तो प्रतियोगिता गरिने अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माईला’ले जानकारी दिनुभयो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य

    काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...

  • नेपालमत

    चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

    काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।  निर्देशक...

  • नेपालमत

    अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

    बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...

  • नेपालमत

    ‘महाजात्रा’लाई देशभर उच्च शो

    काठमाडौँ  -  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...

  • नेपालमत

    ‘भागु’ राष्ट्रिय बाल नाटक मेलामा सर्वोत्कृष्ट घोषित

    काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved