• बिहीबार, १३ बैशाख, २०८१
  • १६:५०:३४
  • नेपालीको अभिमत

राजनीति

सुजुकीका सम्पूर्ण कारको मूल्य १ लाखसम्म वृद्धि

नेपालमत

बिहीबार, ७ असोज, २०७८

काठमाडौं–सुजुकीका  सबै मोडलका कारको मूल्य वृद्धि भएको छ । नेपालका लागि आधिकारिक बितरक सिजी मोटोकर्पले आफ्ना सबै मोडलका कारको मूल्य वृद्धि  गरेको हो । 

कम्पनिले सबैभन्दा बढी सब कम्प्याक्ट एसयुभी ब्रेजामा १ लाख ५ हजार रुपैयाँसम्म मूल्य वृद्धि गरेको छ  । सबैभन्दा कम ब्रेजाकै भिएक्सआईमा ५० हजार र एसप्रेसोमा ६० हजार रुपैयाले मूल्य बढेको हो । अन्य मोडलमा भने १ लाख रुपैयाँका दरले मूल्य बढाइएको छ ।

मूल्य वृद्धि भएसँगै यसअघि ४१ लाख ९९ हजार रुपैयाँमा कारोबार हुँदै आइरहेको ब्रेजा भिएक्सआईको मूल्य ४२ लाख ४९ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी ४६ लाख १९ हजार रुपैयाँमा कारोबार भैरहेको ब्रेजा जेडएक्सआई प्लसको ४७ लाख २४ हजार र ४६ लाख ४९ हजार रुपैयाँमा कारोबार भैरहेको जेडएक्सआई प्लस डुअलको ४७ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

यसअघि २५ लाख ९९ हजार रुपैयाँमा कारोबर भैरहेको एसप्रेसो भिएक्सआईको मूल्य बढेर २६ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यो कारमा ६० हजारले मूल्य वृद्धि भएको हो ।

मारुती सुजुकीका अन्य मोडल अल्टो, स्विफ्ट, बलेनो, डिजायर, वागन आर, इग्निस, एसक्रस, अर्टिगा, सियाज र एक्सएल६ मोडलको सबै भेरिएन्टमा १ लाख रुपैयाँको दरले बढाइएको छ ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved