• बिहीबार, १३ बैशाख, २०८१
  • २३:२६:१२
  • नेपालीको अभिमत

राजनीति

आइफोन १३ सार्वजनिक, यस्ता छन् मूल्य र फिचर 

नेपालमत

बुधबार, ३० भदौ, २०७८

एजेन्सी– एप्पलले कम्पनीले आइफोन १३ सार्वजनिक गरेको छ । कम्पनीले आइफोन १३ सँगै आइफोन मिनी पनि सार्वजनिक गरेको छ  ।

आइफोन १३ ६.१ इन्चको रहेको छ भने  आइफोन मिनी ५.४ इन्चको रहेको कम्पनीले जनाएको छ । यी आइफोनमा दुई वटा क्यामेरा रहेका छन् । यी दुवैमा ए १५ बायोनिक चिप र  १२ मेगापिक्सेलको क्यामरा रहेको छ।  

एप्पलका अनुसार आइफोन १३ को ब्याट्री आइफोन १२ को भन्दा साढे दुई घन्टा बढी टिक्ने छ । यी दुवैले फाइभ जी नेटवर्क पनि सपोर्ट गर्नेछन् ।

साथै सार्वजनिक भएको उक्त आइफोन १३ को स्टोरेज अहिलेसम्मकै बढी हुने भएको छ । आइफोन १३ प्रोको स्टोरेज १ टेराबाइट हुने भएको बताएको छ ।यही फोन १२८ जीबी, २५६ जीबी र ५ सय १२  जीबीमा  उपलब्ध हुने भएको छ ।

आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन। सुरुवाती चरणमा अष्ट्रेलिया, क्यानडा, चीन, जर्मनी, भारत, जापान, बेलायत, अमेरिका, र ३० भन्दा बढी अन्य देशमा यो फोन उपलब्ध हुने एप्पलले जनाएको छ । आइफोन १३को प्रारम्भिक मूल्य ८ सय ९९ अमेरिकी डलर ( १ लाख ९ हजार नेपाली रुपैयाँ) रहेको छ भने  आइफोन  मिनिको प्रारम्भिक मूल्य ७ सय ९९ अमेरिकी डलर (९७ हजार नेपाली रुपैयाँ) को हाराहारीमा रहेको छ । 

 

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved