खाद्य स्वच्छताका बारेमा अधिकांश उपभोक्तामा पर्याप्त चेतनाको अभाव हुँदा खाद्य स्वच्छता कायम गर्न चुनौती देखिएको जनस्वास्थ्यविद्को भनाइ छ। सहर बजारमा यत्रतत्र पाउने कतिपय तयारी खाद्य पदार्थमा अखाद्य पदार्थ मिसिएको हुन्छ। बिक्रीवितरण हुने गरेका कतिपय खाद्य पदार्थमा मिसावट गर्ने गरिएको पाइन्छ। यस्ता खानाको गुणस्तर जाँच वा खाद्य स्वच्छता भए/नभएका बारेमा अनभिज्ञ उपभोक्ताले यस्ता खानेकुरा उपभोग गरिरहेका हुन्छन्।
अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । प्रतिष्ठित अन्तर्राष्ट्रिय भारतीय कम्पनी क्याप साइट–आशिष–रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।
लमजुङ्गमा सरकारी र बिद्रोही पक्षको वेला-वेलामा झडप भैइरहन्थ्यो । जिल्लाको कतिपय ठाउँमा त त्यतिवेला कयौ मानिसहरु मरेको समाचार पनि सुनिन्थ्यो । त्यसैले धेरै जनाले उक्त सक्रमणकालिन अवस्थामा लमजुङ्ग जाँदा दोहोरो भिडन्तको क्रममा कतै मर्यो कि भन्ने पनि आशंका गर्छन । परिवारलाई भने पत्यार नै लाग्दैन । ''मेरो हृदयले भन्छ छोरा घर फर्केर आउँछ,'' दुर्गा कुमारीले भनिन, ''अब भरोसा बाबुहरुको नै छ, समाचार हेरेर भएपनी छोरा घर फर्कनेछ ।''
'छ हजारभन्दा बढी नदीनाला, चारवटा ठूला हिम नदी र विश्वको दोस्रो जलस्रोतको धनी भएर पनि नेपालमा पानीको अनिकाल हुँदैछ, यो चिन्ताको विषय हो', संरक्षण अभियानी एवं मधेस प्रदेशसभा सदस्य रामअषिश यादवलेभन्नुभयो, 'त्यसैले अब विकास संरचना, पानीको प्रयोग र पुनःप्रयोगको व्यवस्थित पद्धति निर्माणको खाँचो छ। यसतर्फ लाग्नु सबैको दायित्व हो।'
सरकार र आन्दोलनकारीबीच ६ बुँदे सहमति भयो । सहमतिको ५ नम्बर बुँदामा समस्या पहिचान गरी समाधानको उपाय दिन कार्यदल बनाउने उल्लेख थियो । सहमतिअनुसार आन्दोलनरत पक्षले शुक्रबारदेखि नै काठमाण्डौं केन्द्रित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।
थुनिनेमा फोटो पत्रकार सुधिरा शाह मात्रै महिला थिइन् । २४ घण्टासम्म पुलिसले खाना, नास्ता त परै जाओस्; पिउने पानी समेत दिएन । तर, थुनिनेमध्येका एक ऋषि धमलाले साँझ मःमः र बिहान राम मिष्ठान्न भण्डारको खाजाको प्याकेट मगाएर सबैको भोक मेटाएका थिए । भलै रातभर सुनिएको ‘जोक्स’का प्रमुख पात्र उनै थिए । जति उडाए पनि दुवै छाकको पेट भर्ने जोहो चाहिं उनैले गरिदिएका थिए ।
प्रिमियरमा प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ ले उच्च ओपनिङ गर्ने अनुमान गरिएको छ ।
गोरखाको सहिद लखन–७, मास्कीछापकी रिता थापामगरले अहिले घर छेउमा बङ्गुरपालन सुरु गरेर वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ। गाउँपालिकासँगको समन्वयमा ‘एड्वान’ नामक गैरसरकारी संस्थाले प्रदान गरेको तालिम लिएर व्यावसायिक बङ्गुरपालन सुरु गर्नुभएकी थापामगरले अहिले यही व्यवसायबाट नियमित घरखर्च टरेको छ।
पूर्ण सूर्यग्रहण दक्षिणी प्रशान्त महासागरबाट सुरु हुनेछ। यो उत्तरी अमेरिका र मेक्सिको हुँदै क्यानाडा पुग्नेछ। कोस्टारिका, क्युबा, डोमिनिका, फ्रेन्च पोलिनेसिया र जमैका जस्ता देशहरूमा पनि आंशिक रूपमा देखिनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन किनभने त्यो बेला यहाँ रात हुनेछ।